वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१ बस्ने ३२ वर्षीया गीतादेवी पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्वतले २०६२ जेठ २३ गते उनलाई १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि उनी फरार थिइन् ।
उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको टोलीले बिहीबार घरबाटै पक्राउ गरेको हो ।
जिल्ला अदालतमा पर्वत बुझाइए कैद भुक्तानको लागि कारागार चलाउन गरिएको प्रहरीले बताएको छ ।