पछिल्लो २४ घन्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।
यस्तै, शुक्रबार थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
आज देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।