logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ७३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
754
Shares

देशभर हाल ७ हजार ३ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

१२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकी ४ हजार ८ सय ७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमती प्रदेशमा मात्र ४ हजार १ सय ९५ जना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रदेश १ मा ८ सय ९५, प्रदेश २ मा १ सय ४४, गण्डकी प्रदेशमा २ सय ११, लुम्बिनी प्रदेशमा १ हजार १४, कर्णालीमा ८४ र सुदूरपश्चिममा ७ सय ९८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।