logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु


अंकुरण खबर
845
Shares

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक–९का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा आज ज्यान गएको हो ।

उनको दमकको लाइफलाइन अस्पताल ल्याउना साथ ज्यान गएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए । मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे१च ६४९७ नम्बरको पिकअप भेन बिहान चक्का फुस्केर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते हुनु भएको प्रनाउ पण्डितले जानकारी दिए ।

घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न भेन चालक दमक–६का २० वर्षीय रोहन यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । रासस