logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरीमा डुबेर एकै परिवारका तीन बालिकाको मृत्यु


अंकुरण खबर
754
Shares

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तरकारी खेतीका लागि प्लाष्टिकको पोखरीमा जमाएर राखेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।