logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने


अंकुरण खबर
1.066K
Shares

धेरैले प्रतिक्षा गरेको नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँग गरेको छलफलमा झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल भएको विभागका प्रवक्ता डा. लोकनाथ भुसाल जानकारी दिए।

कोरोना संक्रमणको जोखिम उच्च रहेकाले अब माघ पछिको अवस्था हेरेर मात्र के गर्ने निर्णय गरिने प्रवक्ता भुसालको भनाई छ ।

अब प्रदेश सरकारको विभागसँगको समन्वयमा मात्रै नयाँ अनुमतिपत्र खुलाउने छ । चार महिनासम्म ठप्प भएको सरकारी कार्यालय असारमा मात्रै खुलेका थिए । असारमा यातायात कार्यालयले नवीकरण र वितरण शुरु गरे पनि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन् ।

विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ । विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो ।