काठमाडौं उपत्यकामा आइतबार थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २५८ जना, ललितपुरमा ६५ जना र भक्तपुरमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज देशभर थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।