काठमाडौं–हङकङ उडानभन्दा ४८ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।
नेपाल एयरलाइन्सले आइतबार सूचना जारी गर्दै उडानअघि सरकारी प्रयोगशालाले दिएको पीसीआर नेगेटिभको प्रमाण पेस गर्न अनुरोध गरेको हो ।
यसअघि ७२ घण्टासम्मको नेगेटिभ रिपोर्ट भएकाहरू हङकङ उडान गर्दै आएका थिए । १५ मंसिरमा काठमाडौंबाट नेगेटिभ रिपोर्ट लिएर गएका केही यात्रुमा हङकङ पुगेपछि कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि हङकङले नेपाल एयरलाइन्सलाई १५ दिनको लागि उडान प्रतिबन्ध लगाएको छ ।