पूर्व अख्तियार प्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई डिल्लीबजारको सदरखोरको क बल्कमा राखिने भएको छ । यसअघि पूर्वसभामुख कृष्ण बहादुर महारा र सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइराला सोही ठाउँमा राखिएको थियो ।
बयानका लागि आइतबार विशेष अदालतमा उपस्थित भएका बस्न्यातसँगको बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका पूर्वअख्तियार प्रमुख बस्न्यातलाई आइतबार विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।