सरकार भ्रष्टाचार र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध बिरोध प्रदर्शन गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी रहेको कांग्रेसले बिरोध स्वरुप काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गरिएको छ ।
जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको हो ।
बिरोध कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
कांग्रेसको बिरोध प्रदर्शनले आज मध्यन काठमाडौंको रत्नपार्क आसपास ठुलो ट्राफिक जाम भएको थियो । सरकारले कोरोना संक्रमणजस्तो गम्भीर विषयमा पनि भ्रष्टचार गरेको, जनताको स्वास्थप्रति आप्रवाही गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ ।
यसै बीचमा कांग्रेसका सभापति शेरबहादुर देउवाले मकवानपुरको बिरोध सभालाई संवोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरेको जिकीर गरे । उनले ओली सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेका कारण पनि थप शंका गर्नुपर्ने अवस्था रहेको बताएका छन् । त्यस्तै उनले कम्युनिस्टकै कारण देश पछाडि धकेलिएको अधिनायकबाद हावी भएको आरोप लगाएका छन् ।