विवादित बनेको कोरोना बिमामा ११ हजार भन्दा धेरै संक्रमितले बिमा दावी भुक्तानी पाएका लिएका छन् ।
बिमा समितिका अनुसार सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार पछिल्लो समय भुक्तानी दावी गर्ने क्रम बढेको छ । सोमबारसम्म २१ हजार ४२ जनाले बीमा दाबीको लागि आवश्यक कागजात बुझाएका छन् । जसमा ११ हजार १ सय ५४ जनाले भुक्तानीपाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने क्रममा रहेका छन् ।
कोरोना जस्तो महामारीको कतै पनि बीमा नगर्ने प्रचलन रहेपनि नेपालका बीमा कम्पनिले बीमा गरेका थिए । तर बिमित धेरै भएपछि भुक्तानि दिन समस्या सृजना गर्दा बीमा कम्पनिको चर्को आलोचना भएको थियो । अर्थ मन्त्रालयको निर्देशन पश्चात बिमा कम्पनिहरुले भुक्तानि दिन सुरु गरेका थिए ।