logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उखु किसान संघर्ष समितिलाई बाणिज्य मन्त्रालयले वार्तामा बोलायो


अंकुरण खबर
1.82K
Shares

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार दिउँसो ३ बजे उखु किसान संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।

तर उता उखु किसानहरु भने सरकारले पटक पटक वार्तामा बोलाउने तर वार्ताका निर्णयलाई कार्यन्वयन नगर्ने गरेको विगत भएकाले यथास्थितिमै वार्तामा जाने की नजाने भन्ने निर्णयमा पुगिसकेका छैनन् ।

गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् । चिनिमा नेपाल आत्मनिर्भर हुन लागेको बेला उखु किसानका समस्या समधान गर्न आवश्यक चासो नदिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ ।