नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेको अध्यादेशले लोकतन्त्रको उपहास गरेको प्रचण्डको आरोप छ । अध्यक्ष प्रचण्डले पार्टीमा कुनै छलफलनै नगरि स्थायी कमिटीको बैठक चलिरहेका बेला अध्यादेश ल्याउनु खेदजनक भएको जिकीर गरेका छन् ।
बदनियतपूर्ण हिसाबले ल्याएको अध्यादेश जतिसक्दो खारेज नगरे अप्ठ्यारो पर्ने प्रचण्डको चेतावनी छ ।