logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु


अंकुरण खबर
689
Shares

नेपालमा थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर मंगलबार थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार १ सय ८० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

मंगलबार संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ ।