logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पिजी परीक्षा सम्बन्धी मुद्दा भोलि


अंकुरण खबर
702
Shares

सर्वोच्च अदालतमा विचाराधिन चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)को परीक्षाको मुद्दाको पेसी आज पनि सरेको छ ।

सर्वोच्च अदालतमा केही दिनदेखि हेर्दा हेर्दै रहेको मुद्दामा वहश नसकिएकाले बुधबारलाई सारिएको हो । न्यायाधीशद्धय विश्वभरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशले उनीहरुको मुद्दा सुनुवाई गरिरहेको छ ।

अदालतमा पिजी परीक्षाका विषयलाई लिएर आधा दर्जनजति मुद्दा परेको छ । यी सबै मुद्दालाई एकै ठाउँमा राखेर छलफल चलिरहेको छ ।

चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो । तर, सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो ।

न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका थिए । मंसिर २८ गते पहिलो पेशी तोकिएको थियो ।

स्नातकोत्तर परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन् । आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो ।