logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ६ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
676
Shares

देशभर मंगलबार ६ हजार १०३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ४२४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी, प्रदेश १ मा एक हजार २३६, प्रदेश २ मा २४, गण्डकी प्रदेशमा ८९९, लुम्बिनी प्रदेशमा ६९८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा ११५ जना र सुदुरपश्चिम प्रदेशमा ६७७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।