logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नौ महिनादेखि बन्द रहेको पशुपतिनाथमा आजबाट भक्तजनले दर्शन गर्न पाउने


अंकुरण खबर
2.054K
Shares

कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ ।

प्राचीनकालदेखि नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो । कोरोना संक्रमण जोखिमका कारण बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ । चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।