logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको तापक्रम पनि न्यून, तराईमा भने हुस्सु लाग्ने


अंकुरण खबर
832
Shares

पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल प्रदेश २, वाग्गमती प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

प्रदेश १, २ र वाग्मती प्रदेशका केही भागमा मौसम सामान्य बदली रहने र बाँकी भागको मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आँशिक बदली रहनेछ ।

यस्तै आज साँझ देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकाको मौसम पनि सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १२ मिनेटमा हुनेछ ।