logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित


अंकुरण खबर
689
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठक बस्नुअघि दुई अध्यक्षबीच करिब आधा घण्टा छलफल भएको थियो । नेकपाको विवाद उत्कर्षमा पुगेको बेला सहमतिको लागि भन्दै राखिएको बैठकमा ओली सहभागी नभए पछि असहमति अझ चुलिएको स्पष्ट छ ।

विवादकैबीच सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको अध्यादेशले नेकपाको दुई खेमाका विवाद अझ बढेको छ । पार्टी भित्र विना सहमति अध्यादेश ल्याएको भन्दै तुरुन्त अध्यादेश फिर्ता गर्न प्रचण्ड पक्षले माग गरेका छन् ।