सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ।
बैठकमा सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विषयमा छलफल हुने बताइएको छ।
बैठकले अध्यादेशबारे आधिकारीक धारणा सार्वजानकि गर्ने छ । नेकपाभित्रै पनि उक्त अध्यादेशको विरोध भइरहेको बेला कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो। कांग्रेसले पनि अध्यादेश लोकतन्त्रको उपहास भएको जीकिर गर्दै जतिसक्दो छिटो फिर्ता गर्न माग गरेको छ ।