जनता समाजवादी पार्टीले सरकारले अध्यादेश जारी गरेर संविधानको धज्जी उडाएको भन्दै आप्पति जनाएको छ ।
बुधबार अध्यद्वय उपेन्द्र यादव र महन्त ठाकुरले विज्ञप्ति जारी गर्दै संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिन संविधानको भावना विपरित अध्यादेश ल्याउनु गैरजिम्मेवाी पन भएको उल्लेख गरेको छ ।
सरकारले बेमौसमी बाजा बजाएर राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशीघ्र बोलाउन पनि अनुरोध गरिएको छ ।