प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । त्यस्तै र अर्को अध्यक्ष प्रचण्ड ओलीविरुद्धको हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन् ।
दुई अध्यक्षको सहमति पछि स्थायी कमिटी बैठक सुचारु भएको हो । सरकारले अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रैबाट पनि ओलीको चर्को आलोचना भएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेस लगाएतका दलले समेत विरोध गरेका थिए ।