logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको फाइनलमा


अंकुरण खबर
663
Shares

नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको शीर्ष तीनमा पुगेका छन् ।

आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।

बुधबार राति बीबीसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट तीन सेफको स्थानमा पर्न सफल भएका हुन् ।

नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए । सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए ।

प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।