नेपालमा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंँगै अहिलेसम्म २ लाख ४० हजार ३६३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।