logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक परिषद्को बैठक स्थगित


अंकुरण खबर
2.678K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नगरि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

साँझ साढे ५ बजेका लागि बोलाइएको उक्त बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको स्थायी कमिटि बैठकमा भएको सहमतिलाई समेत लत्याउँदै प्रधानमन्त्रीले बैठक बोलाएपछि विरोध भइरहेको छ ।

अध्यादेश फिर्ता नगरि बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बालुवाटार पुगेका थिए ।

नेकपा नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको बताइएको छ । उक्त बैठकमा सभामुख र प्रमुख प्रतिपक्षीदलको नेता सहभागी नहुने निश्चित भइसकेको थियो ।

विवाद बढेपछि र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समेत अनुपस्थित हुने जानकार आएपछि प्रधानमन्त्री ओलीले आजको संवैधानिक बैठक स्थगित गरेका हुन ।

संवैधानिक परिषदको बैठक स्थगित भएपनि बेलुका ६ बजे भने मन्त्रिपरिषद् बैठक बोलाइएको छ । उक्त बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय लिने अपेक्षा गरिएको छ ।