logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उखु किसानको हलो-जुवासहितको प्रदर्शन


अंकुरण खबर
2.392K
Shares

आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

सर्लाहीबाट आएका कृषकले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् ।

किसानले किसानको परम्परागत कृषि उपकरण हलो, जुवासहित प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनस्थलमा यी सामग्रीका अतिरिक्त उखुका लाक्रासमेत राखेका छन् ।