काठमाडौंमा चिसो बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ ।
यो यस वर्षकै कम तापक्रम हो । आजको अधिकतम तापक्रम भने १८.३ डिग्री सेल्सियस रहेको छ ।
यस्तै दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ ।
देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ ।
आगामी २४ घण्टाको अनुमानअनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन विभागले अनुरोध गरेको छ ।