logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘ऐना’ मार्फत टेलिभिजन प्रस्तोता बन्दै नेपाली कांग्रेसका प्रवक्ता शर्मा


अंकुरण खबर
949
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन कार्यक्रम प्रस्तोता बनेका छन् ।

सामाजिक घटनामा आधारित कार्यक्रम ‘ऐना’ ले एक कार्यक्रमकाबीच कार्यक्रम प्रस्तोता सार्वजनिक गरेको हो ।

होराइजन मिडिया प्रालीले निर्माण गर्ने यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट यही माघ ७ गतेदेखि हरेक बुधबार प्रशारण हुने जानकारी गराइएको छ ।

कार्यक्रम प्रस्तोता शर्माले आफू राजनीतिमा जवाफ दिने ठाउँ रहेपनि कार्यक्रममा प्रश्न सोध्ने भूमिकामा रहेको बताए ।

ऐना’ टेलिभिजन कार्यक्रम मात्र नभएर एउटा सामाजिक विद्रोह पनि भएको शर्माको भनाइ छ ।

कार्यक्रम सामाजिक मुद्दामा केन्द्रीत हुने कार्यक्रम निर्माता राधाकृष्ण धितालले जानकारी दिए । ‘ऐना’को निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन् ।