logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने


अंकुरण खबर
1.209K
Shares

सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका गम्भीर अवस्थाका बिरामीबाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।

निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा योजना अनुगमन महाशाखाले सबै अस्पताललाई परिपत्र गरेको छ ।

अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीको दैनिक अनिवार्य रुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अद्यावधिक गर्नुपर्ने र सोहीअनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोधभर्ना हुने मन्त्रालयले जनाएको छ ।

साथै निःशुल्क उपचार गरेको सोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ ।