पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२१ महिला र १६६ पुरुष गरी २८७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०२ जना, ललितपुरमा ७६ जना र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, आज देशभर ७८२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।