logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या १७६५ पुग्यो


अंकुरण खबर
1.3K
Shares

नेपालमा एकै दिन थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ७८२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ६१ हजार ४ सय ३० पुगेको छ। हाल ४ सय २७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।