logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री


अंकुरण खबर
1.391K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहानैबाट सक्रियता बढाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा अहिले भेटवार्ता जारी छ । उनीहरूबीच पछिल्लो राजनीति परिस्थितिबारे परामर्श भइरहेको शीतलनिवास स्रोतले जनाएको छ ।

नेकपाभित्र सङ्कट गहिरिँदै गएपछि बिहान आफूनिकट नेताहरूसँग परामर्श गरेका प्रधानमन्त्री केपी शर्मा ओली मध्याह्न पार्टी अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । प्रचण्डकै आग्रहमा खुमलटार पुगेको बताइए पनि त्यहाँ ओलीले स्थायी कमिटी बैठकमा पेस भएको आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए ।

तर, प्रचण्ड अडानमा टसको मस नभएको स्रोतको दाबी छ । उनले कमिटीले छलफल गरेर निचोड निकाल्ने जवाफ दिएको खुमलटार स्रोतले जनायो ।

खुमलटारबाट बाहिरिएलगत्तै ओली गृहमन्त्री रामबहादुर थापा बादल भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका थिए । त्यहाँ अरू मन्त्रीहरूसँग पनि भेट गरेर ओली फर्किएका थिए ।