logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु


अंकुरण खबर
923
Shares

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

ट्याक्टर दुर्घटनामा मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको छ ।

दुर्घटनामा परी कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी सामान्य घाइते छन् ।

ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीर्ण र कच्ची सडकमा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।