कोरोना भाइरस महामारीको लागि लगाइएको प्रतिबन्ध तोडेको आरोपमा चिलीको राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय डलर जरिवाना लगाईएको बीबीसीले जनाएको छ ।
मास्क नलगाएको कारण उनलाई उक्त जरिवाना भर्न लगाइएको हो ।
यही महिनाको सुरुवातमा एक महिलाको साथा राष्ट्रपति पिन्येसको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त तस्बिरमा महिला र राष्ट्रपतिले नै मास्क लगाएका थिएनन । सार्वजनिक रुपमा राष्ट्रपकिो विरोध भएपछि उनले माफि मागेका थिए ।
कोरोना भाइरस महामारीको कारण चिलीमा कडा प्रतिबन्ध लगाइएको छ । त्यहाँ सार्वजनिक ठाउँमा मास्क लगाउन अनिवार्य छ ।