logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनको निर्णयमा असन्तुष्टि जनाउँदै ७ मन्त्रीले दिए सामूहिक राजीनामा


अंकुरण खबर
1.43K
Shares

केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन ।

राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन् । सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरिएको छ ।

“राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन् ।

सरकारमा पूर्व माओवादीका तर्फबाट उर्जामन्त्री रहेका बर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र पूर्व एमालेका तर्फबाट कृषिमन्त्री बनेका घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन् ।