पछिल्लो २४ घण्टामा ५८८ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ९७ छ । हालसम्म २ लाख ४३ हजार ६६४जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ छ । हालसम्म १ हजार ७८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।