काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०० महिला र १३८ पुरुष गरी २३८ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै उपत्यकामा एक लाख १८ हजार १११ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १७९ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा २६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आइतबार थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।
त्यसैगरी, आज काठमाडौंमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।