logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको अधिकतम तापक्रम घट्यो, यस्तो छ आजको मौसम


अंकुरण खबर
923
Shares

पश्चिमी वायुको प्रभावका कारण लागेको बादलसँगै देशभरको अधिकतम तापक्रम घटेको छ ।

मौसमविद्हरुका अनुसार अधिकतम तापक्रम घट्दा जाडो बढ्ने गर्छ । न्यूनतम तापक्रम पनि घट्दो क्रममा रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ । आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीको बीचमा रहने महाशाखाले जनाएको छ ।

यस्तै तराईका जिल्लाहरुको अधिकत तापक्रम पनि घटेको छ । बिराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको अधिकतम तापक्रम २० देखि २५ डिग्रीको बीचमा रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिइन् ।

उनका अनुसार अधिकतम र न्यूनतम तापक्रम अझै घट्ने छ । आकाश धुम्म रहेका कारणले अधिकतम तापक्रम बढ्न नसकेको जानकारी दिदै उनले भनिन्–डिसेम्बर महिनाभरी जाडो बढ्दै जानेछ ।

यस्तै आज सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।