प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरुको भेला आज हुँदैछ ।
प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न आफू पक्षधर सांसदहरूलाई सोमबार बालुवाटार बोलाएका हुन् । विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुबीच आज संयुक्त छलफल हुदैछ ।
यस्तै, आज नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल कक्षका सांसदहरुको बैठक पनि बोलाइएको छ ।