logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिकटकले लियो ज्यान : झोलुंगे पुलबाट खसेका थापाको मृत्यु


अंकुरण खबर
793
Shares

टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापा शनिबार दिउँसो बबई गाउँपालिका-५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलमा झुण्डिएर टिकटक बनाउने क्रममा खसेका थिए ।

परिवारका सदस्यका अनुसार थापा साथीहरूसँग गाडी लिएर पुरन्धारा झरनामा पिकनिक खान गएका थिए । थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए । लामो समय तारमा झुन्डिएका उनी हात गलेर झन्डै २० मिटर तल बगरमा खसेका थिए ।

पुलबाट खसेर बगरमा बजारिएका उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो ।

प्रहरीका अनुसार पिकनिकमा मदिरा सेवन गरेपछि उनी टिकटक बनाउन भन्दै झोलुङ्गे पुलको सपोर्ट तारमा झुन्डिएका थिए । साथीहरुले त्यसो नगर्न आग्रह गर्दागर्दै पनि थापा टिकटक बनाउन भन्दै पुलमा झुन्डिन गएका थिए ।