logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे देशवासीलाई सम्बोधन गर्ने


अंकुरण खबर
728
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

सोमबार दिउँसो तीन बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । संसद विघटनपछिको अवस्थाको बारेमा प्रधानमन्त्रीले सम्बोधनमार्फत जानकारी गराउन लागेका हुन् ।

सम्बोधनका क्रममा ताजा जनादेश लिने निर्णयमा पुग्नुको अवस्था बारे जानकारी गराउने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको आफु निकट सांसदलाई बताउँदै आएका छन् ।