logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३११ जना कोरोना संक्रमित


अंकुरण खबर
767
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा २३५ जना, ललितपुरमा ५५ जना र भक्तपुरमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, सोमबार थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।