logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा सामान्य सुधार


अंकुरण खबर
598
Shares

साताको दोस्रो दिन सेयर बजारमा उतारचढावकाबीच सामान्य सुधार देखिएको छ ।

संसद विघटन भएसँगै राजनीतिक माहोलले ऐतिहासिक रुपमा घटेको सेयर बजार सोमबार भने बढेको हो। कारोबारको सुरुवाती समयमा गिरावट आएको सेयर बजार अन्तिम समय आएर सामान्य सुधार भएको हो।

सोमबार आइतबारको तुलनामा बजार ३० दशमलव ३३ अंकले बढेर १९ सय ६५ दशमलव ९६ अंकमा पुगेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आइतबारको तुलनामा सोमबार कोरोबार रक मभने घटेको छ । सोमबार २ सय २ कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता किनबेच हँदा ६ अर्ब ६९ करोड ९८ लाखभन्दा माथीको कारोबार भएको छ।

सोमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्सोरेन्स कम्पनीको ७२ करोड ८८ लाख बराबरको कारोबार भयो। यस्तै सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले धेरै गुमाए। कारोबारो भएकामध्ये १ समूह बाहेक सबै समूह नकारात्मक रहे।