logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यक्ष दाहाल र गृहमन्त्री थापाबीच छलफल


अंकुरण खबर
754
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई भेटेर आफुलाई साथ दिन आग्रह गरेका छन् ।

आज विहान पुल्चोकस्थित मन्त्री निवासमा पुगेर दाहालले थापालाई संकटको समयमा पार्टी जोगाउन साथ दिन आग्रह गरेका हुन् ।

गृहमन्त्री थापा नेकपा विवादमा दुवै गुटमा सहभागी नभएपछि दाहालले उनको समर्थन खोजेका हुन् । थापा निकट नेताहरुले पनि उनलाई दाहाललाई साथ दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात मन्त्रीले सामूहिक राजीनामा दिएपनि थापाले दिएका छैनन् । थापासँग २४ सांसद तथा तीस भन्दा बढी केन्द्रीय सदस्यहरु रहेका छन् ।