logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे बिदा नदिने


अंकुरण खबर
1.3K
Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यो वर्षको हिउँदे बिदा नदिने भएको छ ।

त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेर पठनपाठनलाई सुचारु गर्ने निर्णय गरेको हो ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरेर यो वर्षको बिदा हटाइएको जानकारी दिएका हुन् । कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्णय त्रिविले गरेको सूचनामा उल्लेख छ ।

कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन भइरहेका छन्।

त्रिविले सम्भव भएसम्म भौतिक रूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई निर्देशन पनि दिएको छ ।