logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घुससहित खेलकुद विकास समितिका खरिदार पक्राउ


अंकुरण खबर
689
Shares

खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका एक जना खरिदार १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले खेलकुद विकास समिति काठमाडौंका खरिदार तिलक घिमिरेलाई घुससहित पक्राउ गरेको हो ।

खेलकुद क्लबको प्रमाण पत्र नवीकरणका लागि भन्दै लिएको १५ हजार रुपैयाँ अतिरिक्त रकम ९घुस०सहित पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

घिमिरेलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

१५ हजार रुपैयाँ घुससहित पक्राउ परेका खरिदार घिमिरेलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।