logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपाललाई अध्यक्ष बनाउने नेकपा दाहाल समूहको प्रस्ताव


अंकुरण खबर
1.196K
Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेका छन्।

मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा उक्त समूहको बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकअघि सोही स्थानमा उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो। स्थायी कमिटीले तय गरेका एजेन्डा केन्द्रीय कमिटीमा पेश हुने बताइएको छ।

स्थायी कमिटीले पार्टीका अध्यक्ष केपी ओलीलाई निष्कासन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने लगायत ९ वटा प्रस्ताव तयार गरेको थियो।

आज नै नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहको पनि केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर ११ सय ९९ बनाउने निर्णय गरेको छ। थप भएका ५५६ जना सदस्यलाई अध्यक्ष ओललिे शपथ ग्रहणसमेत गराइसकेका छन्।