काठमाडौं महानगरपालिका २२ न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
धादिङ खनियाबास गाउँपालिका ३ बस्ने २५ वर्षीय बिर्ज तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बिर्जलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।