सुनको मूल्य प्रतितोला ३०० ले ओरालो लागेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २०० मा कारोवार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९४ हजार ४०० मा कारोवार हुने भएको छ । यस्तै, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३१५ मा कारोवार भइरहेको छ ।