काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६० जना महिला र २०५ जना पुरुष गरी ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ३०० जना, भक्तपुरका २३ जना र ललितपुरका ४२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा १ लाख १८ हजार ७८७ जना संक्रमित भएका छन् ।
यस्तै, मंगलबार एकैदिन थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।